मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारी मेयर कप टि–२० क्रिकेटको फाइनलमा होलियाण्ड
  • मार्गरेखा संवाददाता

  • सुनिल रेग्मी
    चैत ३० नेपालगन्ज
    नेपालगन्जमा जारी कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा होलिल्यान्ड उच्च मावि फाइृनलमा प्रवेश गरेको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा शुक्रवार भएको खेलमा होलिल्यन्डले जिभिएन कलेजलाई ९६ रनले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो ।खेलमा टस हारेर पहिला ब्याटिङ गरेको होलिल्यण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । उसका लागि अनिमेश शाहीले ३०,एस हमाालले १९ र संकेत पुनले १८ रन बनाएका थिए । जिभिएन का वलरजियान सिद्धिकि र विनोद राना मगरले समान तीन विकेट लिए । जवाफी ब्याटिङमा आएको जिभिएन १३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ४१ रन मात्र बनाउन सक्यो । उसका लागि जिवन राना मगरले २३ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । होलिल्याण्डका बलर विजय चौधरीले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर ४ तथा रितिक विष्ट र अनिमेश शाहीले ३÷३ विकेट लिए ।

    । त्यसैगरि पहिलो खेल जित्दै एबिसी रेसिडेन्सियल स्कुलले पनि फाईनल प्रबेशको संम्भावना कायम राखेको छ । उसले व्राइटल्याण्ड मावि लाई १ सय ३३ रनले पराजित गदै फाईनलको संम्भावना कायम राखेको छ । खेलमा पहिले व्याटिङ गरेको एबिसीले २० ओभरमा ३ बिकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । उसका लागी सद्धाफ अन्सारीले ७८ तथा शाहील अन्सारीले ६७ रन बनाएका थिए । व्राइटल्याण्ड का बलर सुगम आलेले २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको व्राइटल्याण्ड मावि १० ओभर ५ बलमा सबै विकेट गुमाउँदै मात्र ६२ रन बनाउन सक्यो । उसका लागि प्रविण गुरुङ २१ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
    एविसीका बलर साद्धाब अन्सारीले ४ सुभम विएम २ विकेट लिए । प्रतियोगिता शनिवार एबिसी रेसिडेन्सियल र होप ईन्टरनेशनल विचको विजेता फाइृलमा प्रबेश गर्नेछ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा तथा जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा संचालित सो प्रतियोगितामा ६ वटा कलेजको सहभागिता रहेको छ ।

     

  • ३० चैत्र २०७४, शुक्रबार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित