मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दार्शनिकका कुराः यदि श्रीमती बारम्बार रिसाउँछिन् भने श्रीमानले के गर्ने ?
  • मार्गरेखा संवाददाता

  • श्रीमान् श्रीमतीको क्रोधले ठूलै विवादलाई जन्म दिन्छ । रिसले सधैं हानी नोक्सानी नै गर्छ । रिसाएका बेला मानिसहरु सही गलत छुट्याउनसमेत बिर्सन्छन् । रिसमा मानिसहरुले यस्ता शब्दबाँणको प्रहार गर्छन् जसले लामो समयसम्म पीडा दिन्छ ।

    वैवाहिक जीवनमा जीवनसाथीको रिसको जवाफ निकै शान्तिले दिनुपर्छ । यदि एक व्यक्ति रिसाइरहेको छ भने अर्को व्यक्तिले शान्त रहेर स्थितीलाई सम्हाल्न प्रयास गर्नुपर्छ । दुबैजना रिसाए बिग्रिएको स्थिती थप तनावग्रस्त हुने गर्दछ ।

    यहाँ आज हामी तपाईंलाई प्रसिद्ध दार्शनिक सुकरातको वैवाहित जीवनसँग जोडिएको एक चर्चित कहानीको चर्चा गर्दैछौं ।

    यस्तो छ कहानीः

    महान् युनानी दार्शनिक सुकरातको व्यवहारमा कुनै अहंकार थिएन । उनी निकै लोकप्रिय, अत्यन्त सहज, सहनशील र विनम्र स्वभावका थिए । नम्र स्वभावका सुकरातकी श्रीमती भने निकै रिसालु थिइन् । उनी स–सानो कुरामा रिसाउने र झगडा गर्दथिन् तर सुकरात भने शान्त नै रहन्थे भनिन्छ ।

    जब श्रीमतीले सुकरातलाई खन्याइदिइन् पानीः

    एक पटक सुकरात आफ्ना शिष्यसँग घर बाहिर बसिरहेका थिए । कुनै महत्वपूर्ण विषयमा चर्चा चलिरहेको थियो । त्यतिबेला घरभित्रबाट उनकी श्रीमतीले काम विशेषले उनलाई बोलाइन् तर सुकरात चर्चामा व्यस्त भएकाले उनले श्रीमतीले बोलाएको सुनेनन् ।

    सुकरातकी श्रीमतीले कतिपटक बोलाएपनि उनले सुन्दै सुनेनन् जसका कारण श्रीमतीको रिसको पारो चुलिएको थियो । उनले सुकरातलाई शिष्यको अगाडि नै एक घडा पानी खन्याइदिइन् ।

    यो देखेर शिष्यलाई निकै नराम्रो लाग्यो ।

    सुकरातले शिष्यको भावना बुझेर शान्त स्वरमा भने, ‘हेर्नुहोस्, मेरी श्रीमती कति उदार छिन् । यस्तो गर्मीमा ममाथि पानी खन्याएर मलाई शितलता प्रदान गर्ने कृपा गरिन् ।’

    र श्रीमतीको रिस भयो शान्तः

    अफ्नो गुरुको सहनशीलता देखेर शिष्यले प्रणाम गरे र श्रीमतीको रिस पनि शान्त भयो ।

    ‘श्रीमतीको रिसको जवाफ सज्जनतापूर्वक दिँदा रिस शान्त हुने र विवादको स्थिती निम्तिँदैन । घरमा स्थितीलाई शान्त बनाइराख्नका लागि यो कुरालाई ध्यानमा राख्नुपर्छ ।’

  • ३ बैशाख २०७५, सोमबार ०७:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित