मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके नरैनापुरको जमुनीमा आगलागी, १६ घर जलेर नष्ट
  • मार्गरेखा संवाददाता

  • नरैनापुर(बाँके), बैशाख १९ । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जमुनी गाउँमा आज मध्यान्हतिर भएको आगलागीबाट १६ वटा घर जलेर नष्ट भएका छन् । १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरिक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो । बच्चाबच्चीले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय पेशकार यादब र बुद्ध धोबीको घरबाट आगलागी शुरु भएको चौधरीले बताउनुभयो । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरगहना सबै जलेर नष्ट भएको स्थानीयले बताएका छन् । बर्षाती धोबीले आफ्नो घरमा राखेको २ लाख भारतीय रुपैयाँ समेत जलेको बताउनुभयो । आगलागीमा परी एउटा राँगा मरेको र एउटा घाइते भएको बताइएको छ । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीपछिको अवस्था अनुगमन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागीबाट ठूलो क्षति भएको बताउनुभयो । ‘लाखौंको क्षति भएको छ, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ, भोलि पीडितहरुलाई राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गर्छौं,’अध्यक्ष शाहले भन्नुभयो । फुसले छाएका र नजिक नजिक घर भएका कारणले गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ ।

     

  • १९ बैशाख २०७५, बुधबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित