बर्दिया,जेठ,११। महिला तथा वालवालिका कार्यालय बर्दियाले एचआईभी संक्रमीत हरुको लागि कामगरिरहेको सस्था सहयोगी हातनेपाललाई एलईडी टेलिभीजन सहयोग गरेको छ । शुक्रवार महिला तथा वालवालिका कार्यालयकी प्रमुख गिरा वस्नेतले सहयोगीहात नेपालकी कार्यक्र संयोजक कोपीला पौडेललाई महिला तथा वालिका कार्यलयबाट टेलिभीजन हस्तान्तरण गरेकी हुन् ।विगत १० बर्ष देखि एचआईभी संक्रमीत हरुका लागी कामगर्दै आईरहेको यस सस्थाले हालका दिनमा सेभद —चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय एचआईभी एड्स तथा महासंघ काठमाण्डौको समन्वयमा संक्रमीतहरुका लागि कार्यक्रम संचालन गर्दै आइरहेको छ। एचआईभी संक्रमीत वालवालिकाका लागि आर्थिक सहयोग , समूदाय तथा घरमा आधारित हेरचाह तथा समूदायीक स्याहार केन्द्र संचालन गर्दै आईरहेको छ । सामूदायीक स्याहर केन्द्रमा वास्वस्नु पर्नै सेवा ग्राहीका लागी समय काट्न र केहि चेतना मूलक कार्यक्र हरु टेलिभीजन बाट हेर्नका लागि सहयोग पुग्ने सहयोगीहात नेपालकी कार्यक्रम संयोजक कोपीला पौडेलले वताईन ।