मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अभिनन्दन सफल पार्न कुनै कसर बाँकी नराखिने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, जेठ २४
    प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार(आज) बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ । नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो ।
    नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले पत्रकारिताका साथै प्रजातन्त्र स्थापना र सामाजिक काममा चाचाजीले गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताउनुभयो । ‘चाचाजीले पञ्चायतकाल जस्तो कठिन परिस्थितीमा पनि पत्रकारिता गरेर नागरिकलाई सुसुचित गराउनुभयो, प्रजातन्त्र ल्याउनमा उहाँ जेल समेत जानुभयो, अर्को कुरा उहाँ जेष्ठ नागरिक पनि भएको नाताले नागरिक अभिनन्दन गर्न पाउनु नेपालगन्जबासीका लागि भाग्यको कुरा हो,’ उप–महासचिव केसीले भन्नुभयो ।
    प्रेस युनियन रेडियो नेपाल शाखाका अध्यक्ष सन्तोष रेग्मीले चाचाजी पत्रकारिताको ईतिहास भएको र नेपालगन्जका लागि धरोहर भएको बताउँदै उहाँको नागरिक अभिनन्दनमा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो । ‘८९ वर्षको उमेर सम्म पनि उहाँ हामी जतिकै समाचार रिपोर्टिङ गरिरहनु भएको छ, उहाँको जोश, जाँगर देख्दा नयाँ पिढींलाई पनि उत्साह जाग्दछ,’ रेग्मीले भन्नुभयो । चाचाजीको नागरिक अभिनन्दनलाई भव्य बनाउन सम्पुर्ण पत्रकार, विभिन्न संस्था तथा पेशागत संघ, संगठन एवम् नेपालगन्जबासीको उल्लेख्य सहभागिता हुनुपर्ने बताउनुभयो ।
    युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सफल पार्न थप तिब्रताका साथ तयारीमा जुट्न युनियनका सम्पुर्ण सदस्यलाई निर्देशन दिनुभयो । अहिलेसम्म भएको तयारीबारे जानकारी दिदै अध्यक्ष शाहले तयारीका लागि कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो । नागरिक अभिनन्दनका लागि पत्रकारका विभिन्न संघ संगठन तथा अन्य संस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाईसकेको र बिहीबारबाट थप तिव्रताका साथ छलफल गरेर तयारी अगाडी बढाईने उहाँले जानकारी दिनुभयो ।

     

  • २४ जेष्ठ २०७५, बिहीबार २०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित