मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतमा युद्धविरामपछि पनि आक्रमणमा १८ को मृत्यु
  • मार्गरेखा संवाददाता

  • मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन् ।

    भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकू मारिएको भारतीय सेनाले आइतबार जनाएको छ ।

    युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यसक्रममा कम्तीमा १६ जना लडाकू मारिएका छन् । गत मे १६ तारिखदेखि भारतको सरकारी सेनाले काश्मिर क्षेत्रमा युद्धविरामको घोषणा गरेको थियो ।

    त्यसैगरी तालिवान लडाकूले विद्धविराम घोषणा गरिसकेपछि पनि अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण भएको छ ।

    दक्षिणी कान्दाहार प्रान्तमा पर्ने अर्घान्डाव जिल्लामा रहेको सुरक्षा चौकीमा आइतबार आक्रमण भएको अधिकारीले बताएका छन् ।

    आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएको नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

  • २७ जेष्ठ २०७५, आईतवार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित