मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालश्रम न्यूनीकरणका लागी नेपालगन्जमा ब्यवहार परिवर्तनका कार्यक्रम शुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज उपमहानगरपालिकाका ६ वटा वडाहरुमा बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम अन्तरगत ब्यवहार परिवर्तनका कार्यक्रम शुरु भएका छन् ।
    नेपालगन्ज उपमहानगरपालिका तथा सिविस नेपालको समन्वय र सहकार्य, युनिसेफको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो कार्यक्रम संचालन भएको हो । सोही कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १३, १६, १७, १८ र १९ तथा जानकी गाँउपालिका वडा नं. ३ साविकको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का निर्वाचित पदाधिकारीहरु, वडा सचिब तथा सम्बन्धित वडाका बाल क्लब संजालका अध्यक्षहरुको सहभागितामा आज अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले मापन गर्न सकिने सफलता पाउन ब्यवहार परिवर्तन आवश्यक भएको भन्दै सोही अनुसार काम गर्नुपर्ने आवश्यकता रहेको बताईन् । उनले अहिले बालबालिकामा गरेको लगानिले भविष्यमा समृद्ध समाज निर्माण गर्ने भन्दै बालबालिकाहरुलाई प्राथमिकतामा राखि योजना निर्माण गर्न वडा अध्यक्षहरुलाई अनुरोध गरिन् । नगरपालिकाकामा संचालीत ब्यवहार परिवर्तनका कार्यक्रमले सकारात्मक सन्देस प्रवाह गर्ने बिश्वास ब्यक्त गरिन् । कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले बालबालिकाहरुका लागि बजेट बिनीयोजन गरिएको भएपनि आवश्यक समन्वय सहकार्यको अभावमा केही समस्या सिर्जना भएको बताए । उनीहरुले बालबालिकाको सवालमा गम्भिर रहेको भन्दै संचालीत कार्यक्रममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै नगर स्तरीय बाल क्लब संजालकी अध्यक्ष अन्जना चर्तुबेदीले बालबालिकाको ब्यवहार परिवर्तन र क्षमता अभिबृद्धीका कार्यक्रम गर्न अनुरोध गरिन् ।
    बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको कार्यक्रममा ब्यवहार परिवर्तन कार्यक्रम अन्तरगत वडामा संचालन हुने कार्यक्रममा बारेमा बासका उपनिर्देशक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए । ब्यवहार परिवर्तनको आवश्यकता तथा प्रभावकारीताका बिषयमा युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत प्रकास आचार्यले प्रकास पारेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकास पारेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, पदाधिकारीहरु, सचिब, नगर स्तरीय र वडा स्तरीय बाल क्लब संजालका अध्यक्ष गरि ५१ जनाको सहभागिता रहेको थियो ।

  • १५ असार २०७५, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित