मुख्यमन्त्री पोखरेलले गुलरिया र बारबर्दिया जोड्ने जव्दी घाटपुलको समेत स्थलगत निरिक्षण समेत गरेका छन् । पप्पु कन्ट्रक्सन द्धारा निर्माण भएकोसो पुल हस्तान्तरण नहुदै २०७३ सालको बाढीमा भासिएको थियो । आजसम्म व्यवस्थापन हुन नसकेको जव्दीपुलको वारेमा अख्तियारले अनुसन्धान शुरु गरेको मन्त्रीले वताएका छन् । अधिकार सम्पन्न निकाय अख्तियार भएकाले अख्तियारको छानवीबाट भएको निष्कर्षकै आधारमा कारवाही हुने धारणा पोखरेलले राखेका छन् ।प्रदेश सरकारको तर्फबाट यस्को छानविन प्रकृयालाई तिव्रता दिन समेत अख्तियारलाई आग्रह गर्नै आस्वासन समेत उनले एिका छन् । यसैक्रममा ५ नम्वर प्रदेश अन्र्तगतका भुमिव्यवस्थापन तथा कृषिमन्त्री आरती पौडेल,उप सभामुख कृष्णि थारु,प्रदेश सभासदहरुको समेत उपस्थिती रहेको थियो ।