मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकार हिंसामा उत्रियो’, डा केसीले रुँदै भने, ‘यस्तो हिंसा म हेर्न सक्दिन। म काठमाडौं जान तयार छु
  • मार्गरेखा संवाददाता

  •  

    जुम्ला– २० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसी अन्ततः उपचारका लागि काठमाडौं जान तयार भएका छन्। उनलाई लिन सरकारले बिहीबार बिहान हेलिकप्टर जुम्ला पठाएको थियो।

    सुरुमा काठमाडौं जान अस्वीकार गरेका केसीलाई त्यहाँका विद्यार्थी र अन्य सर्वसाधारणले पनि साथ दिएका थिए। उनीहरुले मानव सांग्लो बनाएर प्रहरीलाई अस्पताल परिसरभित्र जान दिएका थिएनन्।

    तर प्रहरीले विद्यार्थी तथा स्थानीयमाथि दमन गरेपछि डा केसी काठमाडौं जान तयार भएका हुन्। ‘प्रहरीले विद्यार्थीलाई समेत लाठी प्रहार गर्यो। सरकार हिंसामा उत्रियो’, डा केसीले रुँदै भने, ‘यस्तो हिंसा म हेर्न सक्दिन। म काठमाडौं जान तयार छु।’

    डा केसीले केही बेरमै पत्रकार सम्मेलन गरी काठमाडौं जाने जानकारी दिएका छन्।

  • ३ श्रावण २०७५, बिहीबार १३:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित