मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

५० शैय्याकाे सैनिक अस्पताल नेपालगञ्जमा खुल्याे
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन् । बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि ५० शैय्याकाे सैनिक अस्पतालको निर्माण गरिएको हो । १४ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिएका छन् भने एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ।

    महारथी श्री क्षत्रीले सोमबारै बांके जिल्लामा तैनाथ श्रीमेहर गण, तथा डोटी जिल्लामा तैनाथ श्री सुदुर पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण भ्रमण गरे। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदैँ सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए।

  • ७ श्रावण २०७५, सोमबार १७:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित