मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य शिक्षामा सुधारको जिम्मा लिनुस् डा केसीलाई प्रधानमन्त्रीको अाग्रह
  • मार्गरेखा संवाददाता

  • काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य शिक्षामा सुधारको जिम्मेवारी लिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन्।

    सोमबार पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ता र सम्वादमा आउन डा केसीलाई आग्रह गरे। ‘डा. केसीलाई भन्न चाहन्छु, आउनुस् स्वास्थ्य शिक्षामा कसरी सुधार गर्नुपर्छ, तर्कपूर्ण रुपमा आउनुस। बरु तपाई नै जिम्मा लिनुस्। गर्नुपर्ने के हो भन्नुस्’, ओलीले भने।

    प्रधानमन्त्री ओलीले डा. केसीलाई देखाएर राजनीतिक दल र अरुले फाइदा उठाइरहेकोमा चिन्ता व्यक्त गर्दै हठ त्यागेर वार्ता र सम्वादमा आउन पुनः आग्रह गरे। ‘कसकसको आदेश फर्मान हामीले मान्नुपर्छ’, प्रधानमन्त्रीले प्रश्न गरे, ‘यस्तो हुँदैन। लोकतान्त्रिक तर्क, तथ्यसंगत ढंगले सम्वादका माध्यमबाट समाधान गर्नुपर्छ। छलफल गरौं।’

    ‘गोविन्द केसीजीलाई जुम्बाट स्वास्थ्य उपचारका लागि ल्याउन नदिएर उपद्रो मच्चाइयो, गर्न खोज्या के, ल्याउन दिइँदैन, तमासा देखाइन्छ गर्न खोजेको के’, ओलीले कांग्रेसलाई प्रश्न गरे, ‘डा केसीको स्वास्थ्य परीक्षण गर्यो भने के विग्रिन्छ भनेर आतंकित हुनुभयो? अरु डाक्टरलाई छेउछाउ पर्न नदिने, सरकारका तर्फबाट स्वास्थ्य परीक्षण गर्छाै भन्दा छेउमै पर्न नदिने, गर्न खोजेको के ?’

    डा केसीको अनशनलाई कतिपय मान्छेले सत्याग्रह भनिरहेको भन्दै उनले सत्याग्रह यस्तै हठ गरेर मुड्की कसेर हुन्छ भनी प्रश्न गरे।

  • ७ श्रावण २०७५, सोमबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित