यदि तपाईं मच्छरधूपबाट दिक्क हुनुहुन्छ भने तपाईंसँग अर्को विकल्प छ । यसका लागि बिहान र बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ । यसो गर्दा लामखुट्टे भाग्ने गर्छ । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सक्नुहुन्छ ।
– नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या दूर भएर जान्छ ।
– मुलायम कटनको टुक्रामा कपुर, दुईवटा अलैँची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टे भाग्छ । या लामखुट्टे जम्मा हुने ठाउँमा पनि यस्तो पोका राख्न सक्नुहुन्छ ।
– लामखुट्टेबाट बच्न तपाईं कागतीलाई काटेर त्यसमा दुई–तीनवटा ल्वाङ लगाई कोठामा राख्न सक्नुहुन्छ । जसले लामखुट्टेलाई रोक्ने काम गर्छ । किराले टोकेको ठाउँमा ल्वाङको फूल लगाउँदा पनि राहत महसुस हुन्छ ।