मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए
  • मार्गरेखा संवाददाता

  • २१ साउन, काठमाडौं । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

    उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

    घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

  • २१ श्रावण २०७५, सोमबार १४:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित