मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको गृहमन्त्री रामबहादुर थापा
  • मार्गरेखा संवाददाता

  • गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन् ।

    गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको बताए। उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए

    शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे ।

    गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी पनि गरे । उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दावी समेत गरे ।

  • २५ श्रावण २०७५, शुक्रबार १३:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित