आर्थिक अवस्था कमजोर भएकी ब्रेन ट्युमरसमस्याबाट ग्रसित खजुरा निसावी लक्ष्मी शाहीको जीवन रक्षाका लागि तरुण दलले लक्ष्मी शाही बचाउ अभियान शुरु गरेको छ ।
२ वर्ष अगाडी ब्रेन ट्युमरबाट ग्रसित शाहीको अप्रेसन पछि टाउकाको हड्डी कम्मरमा राखिएको छ अब फेरी कम्मरमा राखिएको हड्डी टाउकोमै पुर्नस्थापित गराउनका लागि रकम अभाव भएपछि तरुण दलले अभियान शुरु गरेको नेपाल तरुण दल कोहलपुर नगर कमिटि सभापति हरिसिंह कठायतले जानकारी दिए । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि अभिभानकै रुपमा पीडित शाहीलाई सहयोग संकलनमा तरुण दल जुटेको नेपाल तरुण दल क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्बिजय जंग राणाले बताए ।
नेपाल तरुण दल खजुरा गाउपालिकाले पीडित शाहीको जीवन रक्षाका लागि आर्थिक संकलन तथा छलफल कार्यक्रम आयोजना गरेर सबै क्षेत्रबाट सहयोगको लागि अपिल गरेको तरुण दल बाँके सचिव बिनोद रिजालले बताए । अभिभान अन्र्तगत शनिवार तरुण दल कोहलपुर नगरकमिटीले ११ हजार सहयोग रकम संलकन गरेर तरुण दल खजुरा गाउँपालिकालाई बुझाएको छ । सहयोग संकलन कार्यलाई तिब्र पार्दै संकलित रकमबाट पीडित शाहीको उपचारमा सहयोग पु¥याउने लक्ष्य राखिएको तरुण दल खजुरा गाउँपालिकाले लिएको बताइएको छ ।