प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको बताएका छन्
प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि कांग्रेसलाई आह्वान गर्दै भदौ १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गरे ।
सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको छ ।”
एक वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई प्रधानमन्त्रीले सचेत गराए । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै उनले सरकार गतिका साथ अघि बढेको पनि दावी गरे ।
कार्यक्रममा ने क पाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले समृद्धिको नयाँ विमान उडाउन लागेको बताए । दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ । तपाईंहरुको प्रवेशले विमान उड्न सहज हुनेछ । सरकार कमजोर पार्नेहरुको लागि तपाईंको प्रवेश गतिलो जवाफ हो ।”
उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबीसमेत गरे । ”ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम हो । आज ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको छ,” उनले भने । कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी उनले गरे