विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठनहरुले । बिहिवार पुर्ब सभासद बाल्मीकी संचालक रहेको नेपालगञ्ज हेल्थ कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले तालाबन्दी गरेका हुन
नेपाल बिधार्थी संघका नेता सिपी देवकोटा र सुरज थापामाथी कुटपिट गर्ने क्याम्पस संचालक र क्याम्पस प्रशासनलाई कारवाहीका लागि दोषीलाई कडा कारवाही नभएसम्म तालाबन्दी यथावत रहने जानकारी दिएका छन । ।