शरद रेग्मी
दाङ ११ – भदौ
नयाँ शक्तिका प्रबक्ता प्रशान्त सिंहले अहिलेको स्थायी सरकारले सन्तोषजनक काम गर्न नसकेको बताए । रिपोर्टस् क्लब दाङको आयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै सिंहले बिगतका बर्षहरुमा पटक पटक सरकार फेरिरहने अबस्था हुँदा सोँचे जस्तो बिकास हुन नसकेको अबस्थामा स्थिर सरकारले पनि सन्तोषजनक काम गर्न नसकेको उनले बताए ।
‘बर्तमान सरकारले दुई तिहाई बहुमत प्राप्त गरेको छ, स्थिर सरकार निर्माण भएको छ’उनले भने‘ तर ६ महिनामा एउटा कुनै राम्रो काम गरेको देखाउन सकेको छैन् । अहिलेको सरकारले काम भन्दा पनि बढि आस्वासन दिएको उनले बताए ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रबक्ता सिंहले यस्तो अबस्थामा स्थिर सरकारले पनि उल्लेख्य रुपमा काम गर्न नसक्ने उनले बताए ।
नेपालमा संबिधान निर्माण भईसकेपनि त्यसलाई चलाउन सक्ने राज्यसत्ता नहुँदा गति लिन नसकेको उनले बताए । ‘गाडि ( संबिधान) निर्माण भईसकेको छ’ उनले भने‘ तर त्यसलाई चलाउन सक्ने ब्यक्ति सरकारमा छैनन् ।
नयाँ लक्ष्य र उदेश्य अनुसार नयाँ शक्ति अगाडि बढ्न खोजेपनि जनमत नहुँदा समस्या भएको उनले बताए । जनमत पाएमा नयाँ शक्तिले देशलाई कायापलट बनाउने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नम्बर ५ का ईञ्चार्ज नबराज सुवेदीले मुलुक तेस्रो चरणको ऐतिहासिक युगमा आएको बताए ।
पहिलो ऐतिहासिक चरणमा पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेका, दोस्रो ऐतिहासिक चरण लोकतन्त्र संस्थागत गर्न गरिएका आन्दोलन र अहिलेको चरण मुलुकमा जारी नयाँ संबिधान कार्यान्वयनको चरण रहेको उनले बताए ।