तुलसीपुर १३ भाद्र
दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सवैको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । आज तुलसीपुर उद्योग बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख शर्माले नागरिकहरुको सहयोग भए शान्ति सुरक्षा मजवुत हुने दावि गर्नु भयो । प्रहरि सदैव नागरिकहरुको सुरक्षामा प्रतिवद्ध रहेको जनतालाई सुरक्षा प्रदान गर्ने सवालमा कसै संग पनी सम्झौता नहुने उहाँले बताउनुभयो । प्रहरि प्रमुख शर्माले प्रहरिले सदैव नागरिकहरु बाट सुचनाको अपेक्षा गर्ने भन्दै सही र छिटो सुचना दिए समाजमा हुने अपराधमा समेत कमि आउने अपेक्ष गर्नु भयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरुको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रहरि प्रमुख शर्माले उद्योगि ब्यवसायीहरुले बजारमा हुने सक्ने सम्भावित घटनाका बारेमा प्रहरिलाई सर्तक गराउनु पर्नेमा जोड दिनुभयो । बजार क्षेत्रमा धेरै अपराधका घटना हुने भन्दै एसपि शर्माले सवैको सहयोग बाट त्यस्ता अपराधका घटनाहरुलाई निस्तेज पार्ने बताउनु भयो । सो अवसरमा बोल्ने उद्योगि ब्यवसायीहरुले जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई चुस्त दुरुस्त राख्न आफुहरुले सहयोग गर्ने बताएका थिए । साथै उनिहरुले प्रहरिलाई चनाखो भएर अपराध नियण्त्रणका लागी लाग्न सुझाव दिएका थिए । सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत ,निर्वतमान अध्यक्ष बिमल रिजाल, सल्लाहकार राम प्रसाद खनाल, तुलसीपुर नगर विकास समितीका अध्यक्ष यज्ञ बहादुर केसी , रासस राप्तीअंचल प्रमुख नारायणि रजौरे लगाएतकाले शुभ कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका उपाध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तब्य बाट शुरु भएको स्वागत सम्मान कार्यक्रमको सहजीकरण महासचिव रुप बहादुर खत्रिले गर्नु भएको थियो ।