मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

छत्रेश्वरी गाउपालिका सल्यानले कर्णाली प्रदेश सरकारका २ मन्त्री हरुलाइ ज्ञापन पत्र बुझाएयो
  • मार्गरेखा संवाददाता

  • १६ भाद्र,सल्यान
    छत्रेश्वरी गाउपालिका सल्यानले कर्णाली प्रदेश सरकारका २ मन्त्री हरुलाइ ज्ञापन पत्र बुझायको छ।
    छत्रेश्वरी गाउपालिकाको कार्यालयमा पुगेका कर्णाली प्रदेश सरकारका मन्त्री द्वोए आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक तथा निर्माण मन्त्री खडक बहादुर खत्रीलाई गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञापनपत्र बुझाउनु भयको हो।
    ज्ञापनपत्रमा विशेष गरि गाउँपालिका र प्रदेश सरकारको सहकार्य आवस्यक पर्ने भन्दै खानेपानी तथा एअरपोर्ट निर्माण सम्बन्धि योजनाको उचित सम्बोधनको माग गरियको छ।वडा नम्बर ७मा रहेको पन्नेताल खानेपानी योजना,वडा नम्बर ३मा रहेको ज्यामिरे खानेपानी योजना र वडा नम्बर ५को लेखपोखरा खानेपानी योजना रहेकाछन ।साथै ज्ञापन पत्रमा वडा नम्बर ५ लेखपोखरामा रहेको लेखपोखरा एअरपोर्टको डिआरपि तथा सम्भाब्यता अध्ययनको लागि उचित सम्बोधनको माग गरियको छ।ज्ञापनपत्रमा कर्णाली प्रदेश सरकारबाट यश गाउँपालिकाको भौतिक पुर्बाधार बिकास,पर्यटन,शिक्षा,सडक तथा स्वास्थ्य सस्थाको स्तरोन्नति,क्षमता बिकास तथा ब्यबस्थापकिय सुधार जस्ता क्षेत्रमा बजेट बिनियोजन भयकोले प्रदेश सरकारलाई हार्दिक आभार तथा धन्यवाद बेक्त गरेयको छ।आगामि दिनमा पनि गाउँपालिका लाई समृद्ध,सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकार सगको सहकार्यता अनिवार्य देखियको र ठुला योजनाहरुमा ठुलो रकम आबश्यक पर्ने हुदा आफुले पेस गरेका योजनाहरुको उचित सम्बोधनको माग गरियको छ।

    ज्ञापनपत्र बुझ्दै आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले गाउँपालिकाले बुझायको ज्ञापनपत्रमा समाबेस भयका माग हरु लाई उचित सम्बोधन गर्ने प्रतीबद्धता बेक्त गर्नुभएको छ।छत्रेश्वरि गाउँपालिकामा अहिले प्रदेश सरकारको तर्फबाट केही बजेट आयको र खानेपानी र एअरपोर्टको कामलाइ आफुले महत्त्व दिई प्रक्रिया अगाडि बढाउने मन्त्री ज्वालाले बताउनु भयो।गाउँपालिका एक्लैले यी कामहरु गर्दा आर्थिक भार पर्ने भयकाले साझेदारीमा कामहरु अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयको छ।ज्वाला यश अघि छत्रेश्वरि गाउपालिकाको गत असारमा सम्पन्न दोश्रो बजेट अधिबेशनको उत्घाटन गर्न त्यहाँ पुग्नुभयको थियो ।
    ज्ञापनपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका भौतिक तथा निर्माण मन्त्री खडक बहादुर खत्रीले भौतिक तथा निर्माणको क्षेत्रमा गाउँपालिकालाइ सहयोग गर्ने बताउनु भयको छ। मन्त्री खत्रीले छत्रेश्वरि गाउँपालिकामा सडक संजालको लागि बिशेष सम्बोधन गरि मन्त्रालयबाट प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता बेक्त गर्नुभयको छ।
    :::: मन्त्रीले दिय दहखोलाका पहिरो पीडितलाई राहत
    कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालले छत्रेश्वरि २ दहखोलाका पहिरो पीडित हरुलाइ राहत बितरन गर्नुभएको छ।पहिरो पीडित ४ घर परिवार लाई प्रदेश सरकारको तर्फबाट १०/१० हजारका दरले ४० हजार रकम अनि नेपाल रेड्क्रस सोसाइटी सल्यानले दियको राहत सामाग्री मन्त्री ज्वालाले बितरन गर्नुभयको हो।गत १२ गते राति आयको पहिरोले स्थानिय यम बहादुर ओलिको घर भत्किएको छ भने लक्ष्मन केसि,प्रेम केसि र टुल्के कामीको घर पुर्नरुपमा पुरियको छ।पहिरो खस्नेबेला घरमा कोहि नभयका कारन मानबिय क्षेति भने भयको छैन ।राहत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले गाउँकार्यपालिकाको बैंठक बोलाइ तत्काल पहिरो पीडितलाई सम्बोधन गरिने बताउनु भयको छ।कार्यपालिकाको बैठकबाट कति कस्तो सहयोग गर्ने भनी निर्णय गर्छौ अनि बितरन गरिने अध्यक्ष केसिले बताउनु भयको छ।

  • १६ भाद्र २०७५, शनिबार १०:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित