मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुरमा लेडिजहरुका लागि आधुनिक फिटनेस सञ्चालनमा ।
  • मार्गरेखा संवाददाता

  • तुलसिपुर,२० भदौ
    दाङको तुलसिपुरमा आजदेखि लेडिजहरुका लागि आधुनिक फिटनेश सञ्चालनमा आएको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि वेलनेश एरोबिक सेण्टरको बिधिवत रुपमा सञ्चालनमा ल्याईएको हो ।तुुलसिपुर स्थित जेसिज चौक नजिकै दोश्रोतल्लामा रहेको एरोबिक सेन्टरको उदघाटन महिला रक्षक सञ्जाल दाङकि सयोजक सुष्मा गिरि र सङघर्ष्शिल महिला प्रेमकुमारि खडकाले सयुक्तरुपमा गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गरिरिले महिलाहरुलाई ब्यक्तित्वर नेतृत्व दायि भुमिकामा आउन कसैले पनि रोकेर नरोकिने बताउनुभयो । उहाले ब्यस्त दैनिकिका कारण अधिकाश महिलाहरुले समेत आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह गर्न नसकिरहेको बताउनुभयो । उहाले महिलाहरुले पनि बिभिन्न क्षेत्रमा आफ्नो सफलताहरु प्रदर्शन गर्न सफल भएको भन्दै खुसि समेत ब्यक्त गर्नुभएको थियो ।
    उहाले “ब्यस्त दैनिकिलाई एकछिन समय ब्यबस्थापन गरेर फिटनेश सम्बन्धि ज्ञान ,योग र नियमित क्लबहरुमा जाने वानि पार्नसक्नुनै आफुलाई स्वस्थ्य वनाईराख्नु हो“ गिरिले भन्नुभयो ।
    कार्यक्रममा राप्ती लाईफ केयर एण्ड नर्सिङ कलेजकि प्रिन्सिपल सुसन पाण्डे ,लगाएकाले शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अबसरमा तुलसिपुर उधोग बाणिज्य सङघका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसे ,सचिव बिनिल केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका भाबि अध्यक्ष देबबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी , राप्तिलाईफ केयर हस्पिटल प्रालिका जीवन भण्डारी ,सिएमय कलेज तुलसिपुरका दोर्ण वलि लगाएको सहभागीता रहेको थियो ।
    सेण्टरकि प्रमुख सल्लाहकार गिता चन्दको सभापतित्वमा सञ्चालक भएको कार्यक्रममा किर्तिका शर्मा,ले स्वागत गर्नुभएको थियो भने सञ्चालन सशि लामिछानेले गर्नु भएको थियो ।
    एरोबिक सेण्टरमा योग,डान्स ,जुम्बा लगाएत नसर्ने रोगको भयबाट समेत बच्न बिभिन्न माध्यम हरु अपनाईने जानकारी दिनुभएको छ ।
    अस्मिता चन्द,कुसुम शाह,किर्तिका शर्मा , सशी लामिछाने र भिमा बुढाले सयुक्त रुपमा सञ्चालनमा ल्याएको एरोबिक सेण्टरमा तिज पर्वका अबसरमा विशेष छुटको समेत ब्यबस्था गरिएको छ ।

     

  • २० भाद्र २०७५, बुधबार १४:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित