मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    तुलसीपुर /दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।
    जिल्लाको तुलसीपुर स्थित तुलसी हस्पिटल प्रा.लीले पुष महिनाको दोस्रो साता देखि जिल्ल्मै पहिलो पटक क बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डाक्टर किसोर खत्रीले जानकारी दिनुभयो ।
    आइसियु,भेन्टीलेटर,काड्र्रीयाक,सक्सन,नेबुलाइजर,इसिजी लगाएत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डां खत्रीले बताउनुभयो । उहाँले अन्य एम्बुलेन्स भन्दा धेरै सेवा र सुविधा भएको तर भाडामा भने त्यती धेरै फरक नपर्ने समेत जानकारी दिनुभयो । सुविधा युक्त एम्बुलेन्स सञ्चालन भए सगैँ गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने पश्चिम दाङबासीहरुले अपेक्षा गरेका छन ।

  • २६ पुष २०७५, बिहीबार ११:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित