मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँसगढी नगरपालीका बर्दिया कै पहिलो पुर्ण अनलाईन नगर घोषित
  • मार्गरेखा संवाददाता

  • रावन बिश्वकर्मा, बर्दिया, पौष २७/ बर्दियाको बाँसगढी नगरपालीका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली पुर्ण रुपमा अनलाइन मार्फत भएको घोषणा गरिएको छ । ५ नम्बर प्रदेशका मुख्य मन्त्रि शंकर पोख्रेलले आज एक कार्यक्रमका बिच बाँसगढी नगरपालीकामा घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली पुर्ण रुपमा अनलाईन प्रणालीमा भएको घोषणा गर्नुभयो । नगरपालीकालाई पुर्ण अनलाईन प्रणलीमा भएको घोषणा कार्यक्रममा मुख्य मन्त्रि पोख्रेलले नगर विद्युतिय साक्षर अभियान उन्मुख र नगरका प्रत्येक परिवारका सदस्यले अनलाईन घटना दर्ता आफैले प्रयोग गर्न सक्ने क्षेमताको विकास भए मात्रै नगर पुर्ण अनलाईन प्रणालीमा गएको आर्थकता हुने बताउनुभयो । मुख्य मन्त्रि पोख्रेलले प्रदेश नम्वर ५ को समृद्धिको यात्रा कृषि क्षेत्रबाट आरम्भ गरिने बताउनु भयो । कृषिमा सुधार भए आम जनताको जिवनस्तरमा सुधार हुने भएकाले कृषिलाई प्रबिधि सहितिको उत्पादनमा जाड्नु पर्ने कुरामा जोड दिनुभयो । बाँसगढी नगरपालीका पुर्ण अनलाईन प्रणाली भएको घोषणा सँगै बर्दिया जिल्लाको पहिलो र नेपाल कै १ सय ३ नम्बरमा पर्न सफल भएको छ । बाँसगढी नगरपालीका बाट प्रदान हुने सेवा जन्म, मृत्यु, बसाईसराई, बिवाह दर्ता तथा सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन पुर्ण रुपमा अनलाईन मार्फत गरिने बाँसगढी नगरपालीका नगर प्रमुख सालिकराम अधिकारीले बताउनु भयो । नगर प्रमुख अधिकारीले बाँसगढी नगरको अबस्थाको बारेमा जानकारी गराउदै समग्र नगरको बिकाशको लागि धानाकर्षण गराउनु भएको थियो । नगरपालीकाका सुचना प्रबिधि शाखाका क्षितिज पौडेलले बताउनु भयो । नगरपालीका पुर्ण अनलाईन प्रणालीमा गए सँगै नगरमा रहेका ९ ओटै वडाका ईन्टरनेट र प्रबिधिको पहुचमा भएका नागरिकले घरघरबाटै सेवा पाँउने सुचना प्रबिधि शाखाका क्षितिज पौडेलले बताउनु भयो । बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य मन्त्री शंकर पोख्रेल, सबिधान सभा सदस्य श्याम ढकाल, बढैयाताल गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, बाँसगढी नगर उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मर राज खत्री, नेकपाका प्रदेश सदस्य लक्ष्मी प्रसाद शर्मा, जिल्ला कार्यदल सदस्य पुर्ण प्रसाद शर्मा, नेपाली काँग्रेसका नगर सभापति गोबिन्द्र प्रसार शर्मा लगायतको सहभागिता रहेको थियो । बाँसगढी नगरपालीकाका शेर बहादुर केसीले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख सुष्मा चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

  • २७ पुष २०७५, शुक्रबार १३:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित