मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आयोगहरूमा नियुक्तिको सिफारिसप्रति कांग्रेसको आपत्ति
  • मार्गरेखा संवाददाता

  • काठमाडौं संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

    संवैधानिक परिषद्ले गरेका सिफारिसबारे सुनुवाइ प्रक्रिया अगाडि बढाउन बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कांग्रेसका चारजना सदस्यहरूले लिखित रूपमै असहमति जनाएका छन् ।

    ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्र नारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले संयुक्त रूपमा असहमति पत्र पेश गर्दै परिषद्को निर्णय गैरकानूनी भएको बताए ।

    सरकारले यही माघ ६ गते प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, मुस्लिम आयोय, मधेशी र थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरेको थियो ।

    कांग्रेसको असहमतिपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा सुनुवाइ समितिको बैठक बसिरहेको छ । सुनुवाइ समितिमा राजपाका सांसद् लक्ष्मणलाल कर्ण सभापति छन् ।

    ‘विपक्षी दलको नेतालाई विधिवत् रूपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रूपमा संविधान ऐन, कानून, प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनीतिक र नैतिक मूल्य र मान्यताविपरीत संवैधानिक परिषद्ले विभिन्न आयोगका अध्यक्षहरू सिफारिस गर्ने गरी गरेको निर्णयप्रति हाम्रो असहमति रहेको बेहोरा जानकारी गराउँदछौं,’ कांग्रेस सदस्यहरूले समितिमा पेश गरेको लिखित असन्तुष्टिमा भनिएको छ ।

  • २० माघ २०७५, आईतवार १३:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित