मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारत र पाकिस्तानबीचको खेल फेरि वर्षाले रोकियो : भारतका प्रमुख तीन खेलाडी आउट
  • मार्गरेखा संवाददाता

  • एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल फेरि रोकिएको छ । खेल रोकिनुअघि भारतले ११ ओभर २ बलमा ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।

    भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् । रोहित आउट हुनुअघि पनि वर्षाको कारण खेल रोकिएको थियो । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।

    श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।

  • १६ भाद्र २०८०, शनिबार १७:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित