मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एसिया कप क्रिकेट : भारतले टस जित्यो, पहिला ब्याटिङ गर्दै
  • मार्गरेखा संवाददाता

  • एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल अहिले केहीबेरमा श्रीलंकाको पाल्लिकेमा शुरु हुँदैछ । भारतले टस जितेको छ । उसले ब्याटिङ रोजेको छ । पाकिस्तानले पहिला बलिङ गर्दैछ ।

    भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गर्दैछन् । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।

    पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले आज दोस्रो खेल र भारतले पहिलो खेल खेल्न लागेको हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

    नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ ।

  • १६ भाद्र २०८०, शनिबार १४:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित