मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाल सिर्जना देखाउने उत्सव बन्दैं सकियो किड्स फेस्टिवल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १७ मंसिर । बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगन्ज किड्स फेस्टिवल–२०८० सकिएको छ ।
    बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृता गरी चार विधामा प्रि–स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको थियो ।
    जसअन्तर्गत खुला एकल नृत्यमा दिलिप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् । प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भए । प्रि–स्कुल तहको एकल नृत्यमा इसिका एरी प्रथम, क्रिस्टिना थारु द्वितीय र विधि विष्ट तृतीय भएका छन् । नृत्य प्रतिस्पर्धामा निर्णायकको जिम्मेवारी प्रसिद्ध डान्स आइकन सुजन मार्पा तामाङले निर्वाह गरेका थिए ।
    यसैगरी सामूहिक नृत्यतर्फ खुला तहमा धम्बोझी स्कुलका दिलिप, बिसु समूह पहिलो, ड्रिम्स डान्स स्ट्डियोका विनायक, अनिकेत समूह दोस्रो तथा स्वस्तिका, सुहाना, रिदिमा, पूर्णिमा समूह तेस्रो भए ।
    प्राथमिक तहमा जेएस स्कुलका संस्कृति, निहारिका, तृष्णा,जेनिसा, सुहाना समूह पहिलो, प्रज्ञालय स्कुलका साइसा, अधिरा, इरिना, आश्री, क्रिस्टिना, इसिकाको समूह दोस्रो र सोफिया स्कुलका स्वीकृति, सिवानीको समूह तेस्रो भएको छ । प्रि–स्कुल तहको सामूहिक नृत्यमा प्रज्ञालयका जेनिस, आरोग्य, दिप्केश, चिरञ्जीवी र आयुष्मान्को समूह प्रथम, रेहान्सी, प्रिन्सिसा, प्रियन्सी, नेमिस्ता, आर्शियाको समूह दोस्रो तथा मोर्डन क्रियटिभ स्कुलका लक्षिता, समीक्षा, प्राप्ति, समारिकाको समूह तेस्रो भएका छन् ।
    खुला गायनतर्फ ब्राइटल्यान्डकी सन्ध्या महर पहिलो, सोफिया स्कुलकी सादिया रिजा मन्जरी दोस्रो र प्रोनिता सुनार तेस्रो भए । गायनको निर्णायकमा गायक, संगीतकार प्रभात सुवेदी तथा रेडियोकर्मी, गायक कमल बिके निर्माही रहेका थिए ।
    यसैगरी खुला वक्तृता प्रतियोगितामा युवराज बोगटी पहिलो, हिमाल कठायत दोस्रो र गरिमा खनाल तेस्रो भएका छन् ।
    चित्रकला विधा अन्तर्गत खुलातर्फ सौम्या चौधरी पहिलो, सगुन सुनार दोस्रो र स्वस्तिका गुप्ता तेस्रो भए । प्राइमरी तहमा एबीसी स्कुलकी श्रृंखला निलसागर प्रथम, आयुषी जोशी दोस्रो र साहाना तेस्रो हुन सफल भए । प्रि–स्कुल तहमा प्रज्ञालयका परमार्थ प्रताप सिंह पहिलो, दृशान्त बुढामगर दोस्रो र इभा शर्मा तेस्रो भएका थिए ।
    आयोजक लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले बाल साहित्य र सिर्जनाहरुलाई प्रस्तुत गर्ने थलोको रुपमा फेस्टिवललाई विकास गर्न खोजिएको बताए । फेस्टिवललाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण संघ–संस्थालाई धन्यवाद दिदै अध्यक्ष शर्माले आगामी संस्करणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना सहित काम गर्ने बताए ।
    कालपृष्ठ दैनिक मिडिया पार्टनर रहेको फेस्टिवलमा प्रगति ट्रेडिङ एन्ड जनरल अर्डर सप्लार्यस, माउन्ट एभरेष्ट बुक्स एन्ड स्पोर्टस, बागेश्वरी इलेक्ट्रोनिक एन्ड मोबाइल सेन्टर, न्यु स्टाइल टेलर्स, मेरो टुकी प्रज्ञालय, इरानी फेसन स्टोर्स, ए बे क्लथिङ, माउन्ट सगरमाथा पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि, रक्षक सेक्युरिटिज, नाना चाचा, कान्ति आरोग्य हस्पिटल, फेमस स्टिल, हाउस अफ म्युजिक, कालिजले सहकार्य गरेका थिए ।

     

  • १८ मंसिर २०८०, सोमबार १२:४१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित