मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
  • मार्गरेखा संवाददाता

  • अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जङ्गलमा डढेलो लाग्न सक्ने र गर्मी अत्यधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।

    बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ । त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ ।

    अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्री सेन्टिग्रेड भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो ।

  • १६ भाद्र २०८०, शनिबार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित