मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाले ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, मंसिर २५ । सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो ।

    सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिनुभयो । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।
    नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तिकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो । अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारी समेत दिनुभयो ।

    जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्रयाकमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेफस्कून प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।
    राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयंले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैंले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेशा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताउनुभयो ।
    कार्यक्रममा करिब ४ दर्जन सहकारी प्रतिनिधिहरुको सहभागिता थियो
  • २५ मंसिर २०८०, सोमबार १३:२० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित