मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आमा सेमिनार’, जहाँ थामिएन आँसु( फाेटाे फिचर सहित)
  • मार्गरेखा संवाददाता

  •   नेपालगन्ज  । आसुँ एउटै, भाव फरक

    त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् ।

    आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले ।

    कतिको आखाँबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको विछोडका आँसु ।

    सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए ।

    सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पिडा सम्बन्धी प्रस्तुतीले कतिपयले आफुले जानेर वा अन्जानमा उहाँप्रति गरेको व्यबहारलाई सम्झिएर आत्माग्लानीको आसुँ बगाईरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोईरहेका थिए । कतिजना एक अर्कोलाई अंङकमाल गर्दै रोहिरहेका थिए ।

    आफ्नो मातृत्व र मातृभुमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आखाँ र मन ।

    उक्त माहोल हो,  मानवसेवा आश्रमले नेपालगंजमा बुधबार सम्पन्न गरेको आमा  सेमिनारको ।  नेपालगंजमा आमा सेमिनार प्रस्तुत हुने हलमा त्यहाँको स्थानीयको बाक्लो उपस्थिती थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यबस्थित वाताबरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियोे ।

    उक्त कार्यक्रममा विगत १५ बर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सन्देशमुलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुती दिईसक्नुभएका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुती गर्नुभएको थियो । आमाको महिमा, पिडा र त्यागबारे उहाँको प्रस्तुतीले उपस्थित सबैको आखाँ रसाएका थिए ।

    आमा सेमिनार किन ?

    पछिल्लो समय आधुनिक जिवनशैलीसँगै नेपालको मौलिक संस्कृती र संस्कारमा समेत विकृती हावी हुर्दै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउंदै गएको छ । यस्तो विष्म परिस्थितीमा मातृत्व र मातृभूमीप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभुमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पु¥याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै  कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिती सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।

    मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मानवसेवा आश्रम २०६९ सालदेखी नै देशव्यापीरुपमा साथै नेपालगंज बाँकेमा २०७९ बैशाख देखि  सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । मुठीदानबाट संचालित  आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन्।

  • २८ मंसिर २०८०, बिहीबार १०:४१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित