मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पार्टी भित्र चरम कटुता र नैराश्यता पैदा भएकाे केन्द्रीय सदस्य

पार्टीलाई मबजुत बनाउनतर्फ लाग्न सबै पार्टी पंक्तिलाई आह्वान प्रदेश अध्यक्ष पुन

  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्र चरम कटुता र नैराश्यता पैदा हुँदै गएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसंग कार्यकर्ता भेटघाट कार्यक्रम’ लाई सम्बोधन गर्दै संविधानसभा सदस्य समेत रहेका बाल्मिकीले पार्टीभित्र नेता तथा कार्यकर्ताका बीचमा बढ्दै गएको कटुताले पार्टी जीवनमा क्षती गरिरहेको बताए ।

    उनले अहिलेको अवस्था देखेर नेता कार्यकर्ता तहमा नैराश्यता सिर्जना भएको भन्दै नेतृत्वले गम्भीर आत्मसमिक्षा गर्न आवश्यक रहेको जिकिर गरे । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति जवाफदेही हुन नसकेको टिप्पणी गर्दै जनप्रतिनिधिलाई उत्तरदायी बनाउन जरुरी रहेको बताए ।

    कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति पुनले पार्टीलाई मबजुत बनाउनतर्फ लाग्न सबै पार्टी पंक्तिलाई आह्वान गरे । विधानमा व्यवस्था भए बमोजिम सबै तहका सम्मेलन समयमै गर्न निर्देशन दिँदै उनले सबैले आ-आफ्नो जिम्मेवारीमा ध्यान दिए पार्टी संगठन मजबुत र चलायमान हुने बताए ।

    पार्टीका सबै तहले आफ्ना अधिकारको सही प्रयोग गरेर माथिल्लो तहका निर्देशन कार्यान्वयनका लागि गम्भीरता देखाउनुपर्ने पुनको भनाई छ । पार्टीलाई पद्धतिमा चलाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । “एक पटक जसले अवसर पाउँछ, उसैलाई नै सधैंभरि अवसर दिइरहनुपर्ने संस्कार मौलाउँदै गएको छ, यो संस्कृति हाम्रो पार्टीमा मात्र होइन, सबैमा छ, सभापति पुनले भने-“अब आरक्षण एक पटक मात्रै दिने व्यवस्था गर्नुपर्दछ, मैले त यसमा पहिलेदेखि नै वकालत गर्दै आएको छु ।” उनले एकै व्यक्तिले आजीवन अवसर पाइरहने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । सभापति पुनले नेताको भक्तिगान गाएर राजनीतिमा स्थापित हुने गलत संस्कारलाई निरत्साहित गर्न आवश्यक रहेको बताए ।

    पार्टी कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला सह-सचिव विनोदकुमार थारु, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, महासमिति सदस्य एवम् पूर्व जिल्ला सचिव कपिल शर्मा लगायतले पार्टी संगठनका विषयमा आ-आफनो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

  • २९ मंसिर २०८०, शुक्रबार १८:४४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित