मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले अनुगमन पछि कमसल कालोपत्रे उधारियो
  • मार्गरेखा संवाददाता

  • कोहलपुर पुस १ । कोहलपुर नगरपालिका१५ चौधरियाका दुर्गा बहादुर क्षेत्री एक हप्ता अघि घरछेउमा बनेको असफाल्ट पीच (कालोपत्रे सडक)को अवस्था देखेर खिन्न् थिए । कालोपत्रे भनिएको सडकमा हिड्दा धुलो उड्थ्यो । तर त्यही सडकको अवस्था एक हप्ता पछि भने पुरै फेरिएको छ । आइतवार चौधरियामा भेटिएका क्षेत्रीले कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीतिर औला देखाउँदै भने–‘उहाँले कालोपत्रे राम्रो नभएको भन्दै सडक निर्माण गर्ने निर्माण कम्पनीलाई सुधार्न निर्देशन दिनुभयो । उप्काएर फेरि कालो पत्रे गरिएपछि बल्ल सडक, सडक जस्तै बनेको छ । उपप्रमुख सुवेदीको नेतृत्वमा अनुगमन समिति छ । उक्त समितिले आफ्नो क्षेत्रभित्रका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्दै आएको छ । त्यहीक्रममा वडा नं.१५ को उक्त सडकको गएको पुष २४ गते अनुगमन समितिले स्थलगत अनुगमन गर्यो । इन्जिनियर सहित पुगेको टोलिले कोरकटिङ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार भेटिएन । उपप्रमुख तथा अनुगमन समिति संयोजक सुवेदीले तत्काल निर्माण कम्पनीलाई एक हप्ताभित्र मापदण्ड अनुसार पुनः कालोपत्रे गर्न निर्देशन दिइन् । उनको निर्देशन पछि करिव डेढ सय मिटर कालोपत्रे उप्काएर निर्माण कम्पनीले एक हप्तामै पुनः कालोपत्रेको काम पूरा गरेको छ । कोहलपुर नगरपालिकाको ४७ लाख ४६ हजार २३४ रुपैयाँको लगानीमा बरको रुख अगाडि देखि चौधरिया चोकसम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी खुसी विल्डर्सले ठेक्का लिएको थियो । साढे पाँच मिटर चौडाई भएको उक्त सडकको बायाँतिरको करिव डेढ सय मिटर खण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि वलीले बताए । उनका अनुसार अहिले कालोपत्रेमा हुनु पर्ने थिग्नेश पुगेको छ । तर, गुणस्तरीय भए नभएको टुंगो भने ल्यावको रिपोर्टपछि थाहा हुनेछ । कोरकटिङका माध्यमबाट कालोपत्रेको जाँच गर्दा त्यसको प्रारम्भिक गुणस्तरीयता प्रष्टसँग देख्न सकिन्छ । यसअघि कोरकटिङबाट परीक्षण गर्ने गरिएको थिएन् । कोरकटिङ गरेकै कारण चौधरियाको सडक गुणस्तरमा शंका देखिएको थियो । कोरकटिङबाट कालोपत्रेको थिग्नेश कति छ भन्ने पत्ता लाग्छ । थिग्नेश कम देखिएपछि अनुगमन समितिले गुणस्तरीयतामा प्रश्न उठाएको हो । कोहलपुर नगरपालिकाको लागतमा निर्माण भएका योजनाहरुको गुणस्तरीयता कायम राख्न अनुगमनलाई प्रभावकारी बनाइएको उनले बताए । नगरपालिकाले बनाउने संरचनाहरु गुणस्तरीय हुन् भन्ने उद्देश्यका साथ अनुगमनलाई कडाई गरिएको उपप्रमुख सुवेदीको भनाइ छ । यसअघि बनेका सडक तथा नालाहरुको ल्याव परीक्षण हुने गरेपनि प्रभावकारी थिएन् । अनुगमन समितिले आँखाले हेरेरै त्यसको गुणस्तरीयताबारे रिपोर्ट पेश गर्ने गरेका थिए । त्यसैका आधारमा वील भुक्तानी हुने गरेको थियो । तर सुवेदी नेतृत्वको समितिले भने स्थलगतरुपमा प्रविधिको प्रयोग गरेर त्यसको गुणस्तरीयता जाँच गर्ने गरेको छ । कमसल देखिएका ठाउँमा भत्काएरै पुनः बनाउने देखि वील भुक्तानीमा समेत कडाई गरिएको उनले बताइन् । अनुगमन केवल अनुगमनमा सीमित हुनु हुदैन् भन्ने सवालमा म स्पष्ट छु उनले भनिन्–‘सम्झौता अनुसार काम नगर्ने जो कोहीलाई पनि उन्मुक्ती दिइदैन् । हाम्रा पूर्वाधार निर्माणका कामहरु टिकाउ र गुणस्तरीय हुनुपर्छ । यस्तै उपभोक्ता समितिबाट निर्माण हुने पाँच लाख भन्दा बढीका आरसीसी नालामा पनि समितिले क्युव टेस्ट सुरु गरेको छ । मसला र सरियाको गुणस्तरीयता जाँच गर्न क्युव टेस्ट गर्ने गरिएको अनुगमन समितिका सदस्य नरेश वान्तवाले बताए । आइतवारको अनुगमनमा उपप्रमुख सुवेदी, नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक नरेश वान्तवा, योजना शाखा प्रमुख हरि वली, अनुगमन समिति सदस्य लालबहादुर राना, साइड इन्चार्ज तारा वहादुर खत्री, वडा नं.१५ का वडाअध्यक्ष दिपेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

  • १ पुष २०८०, आईतवार १७:०४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित