मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालले भुटानलाई पराजित संगै सेमिफाइनल पुग्ने सम्भावना
  • मार्गरेखा संवाददाता

  • १७ भदौ, काठमाडौं । आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

    नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

    भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् ।

    नेपालले ओपनर सीता राना मगर र कविता कुवँरलाई सस्तैमा गुमायो । सीताले ८ रन जोड्दा कविता डकआउट भइन्। अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट हुँहा नेपालले सहज लक्ष्य पूरा गर्न पनि संघर्ष गर्नु गर्नु परेको हो ।

    कविता जोशी ९ रनमा क्याच आउट हुँदा पूजा तीन रनमा क्याच आउट भइन् भने विन्दु रावल शून्यमा अविजित रहिन् ।

    भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एक/एक विकेट लिए ।

    त्यसअघि, यूकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

    भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् ।

    नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।

    नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।

     

  • १७ भाद्र २०८०, आईतवार १०:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित