मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए ।खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा उनी यादवकै भाषण सुन्दै थिए ।

    कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

  • २० भाद्र २०८०, बुधबार १५:१८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित