मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघे
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । उस्तै संख्यामा घाइते भएका छन् ।

    भूकम्पमा परी दुई हजार १२ भन्दा बढीको ज्यान गएको छ । दुई हजार ५९ जना घाइते भएका छन् । धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

    आन्तरिक मन्त्रालयका अनुसार एक हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन् । सबैभन्दा धेरै माराकेशको दक्षिणमा पर्ने प्रान्तहरूका छन् ।

    उनीहरूको उपचार भइरहेको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेशमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

    मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

    उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।

  • २४ भाद्र २०८०, आईतवार ०९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित