मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको शम्शेरगन्जमा सवारी दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्रीले अस्पतालमा
  • मार्गरेखा संवाददाता

  • काेहलपुर २४ भदौ ।बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुग्नु भएको छ ।
    दाङका विभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेस बर्दिया जादै गरेको सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुदा सात जनाको मुत्यु र २३ जना घाइते भएका थिए । मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिनु भएको छ । उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमि कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ । उपचाररत घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु समेत गर्नु भएको छ । उहाँले घाइतेहरुको उपचार र मृतकहरुको राहातका लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भयो ।
    अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिनु भयो । अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरुको उपचार कोहलपुरमै सफल रुपमा भइरहेको प्रमुख सिहले जानकारी दिए । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कमि हुन नदिन र उपचारलाई छिटो छरितो तथा प्रभावकारी बनाइने बताउनु भयो । लुम्बिनी प्रदेशका सभासद  जन्मजय तिमिल्सिनाले दुर्घटनाबाट प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनु पर्ने बताए ।
    मुख्यमन्त्री चौधरीले दुर्घटनामा परि मुत्युवरण गर्नेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । भने परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । दुर्घटनाले बर्दियाको ठाकुरद्धारा नगरपालिकाका सामाजिक व्यक्तिहरुको निधन भएको र त्यसले समाजमा ठूलो क्षति पुगेको चौधरीले बताउनु भएको छ ।

  • २४ भाद्र २०८०, आईतवार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित