मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सल्यानमा अविरल वर्षा, हावाहुरीबाट १ करोड बढीको क्षति
  • मार्गरेखा संवाददाता

  • सल्यान । सल्यानमा अविरल वर्षा, हावाहुरीबाट १ करोड बढीको क्षति भएको छ ।

    कृषि विकास कार्यालय सल्यानका अनुसार भदौ १७ र १८ गते आएको हावाहुरी सहितको वर्षा र जङ्गली जनावरका कारण जिल्लाभर १ करोड ४५ लाख ८३ हजार बराबरको क्षति भएको छ ।

    हावाहुरी सहितको वर्षाले सबैभन्दा धेरै बागचौर नगरपालिकाको ४,६,७,११, दार्मा गाउँपालिकाको १,२,४को मकै बालीमा क्षति गरेको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । यस्तै शारदा नगरपालिकाको ६ मा बँदेल र दुम्सीले क्षति गरेको उहाँको भनाई छ ।

    जिल्लाका १ हजार १ सय ८० किसानले उत्पादन गरेको मकै बालीमा पूर्ण रुपमा क्षति पुगेको कार्यालयले जनाएको छ । हावाहुरी सहितको वर्षाका कारण ४ सय ८६ मेट्रिक टन बढी क्षति भएको उहाँको भनाई छ ।

    गत आर्थिक वर्ष उक्त स्थानमा ८ सय ७८ मेट्रिक टन मकै उत्पादन भएकोमा यस वर्ष आधा बढीमा क्षति पुगेको छ । जिल्लाका अन्य किसानको खेतबारीमा समेत जङ्गली जनावरबाट क्षति पुगेको जानकारी आइरहेको प्रमुख बस्नेतले बताउनुभयो ।

    जिल्लाभर सङ्कलन भएको क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समिति र कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिमा क्षतिपूर्तिका पत्राचार गरिएको बस्नेतको भनाई छ ।

  • २४ भाद्र २०८०, आईतवार १८:३८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित