मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दार्चुलामा ९ किलो चरेससहित एक महिला र पुरुष पक्राउ
  • मार्गरेखा संवाददाता

  • दार्चुला : दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार बिहान शैल्यशिखर नगरपालिका-९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जय बहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटि गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिएको उनले बताए । धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरी ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गर्न सफल हुँदै गएको छ ।

  • २६ भाद्र २०८०, मंगलवार १३:२९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित