मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनीशा चन्दलाई व्यूटीसीयन मिस तीज २०८० को उपाधी
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ २६ गते –गुड न्यू आइटीसी समूहद्धारा सोमबार आयोजित व्यूटीसीयन मिस तीज २०८० को उपाधी अनीशा चन्दले प्राप्त गर्नु भएको छ ।
    नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपालगन्जमा गरिएको सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा फस्ट रनर अपका रुपमा रक्षा सुनार, सेकेन्ड रनर अप बन्दना खड्का हुुनु भएको छ । १९ व्यूटीसीयन सहभागी मध्य पव्लीक च्वाइस एवं उत्कृष्ट प्रस्तुतीका रुपमा अमृता रजगैयालाई चयन गरिएको थियो । न्यू लुक कम्पनी, न्यू पोखरा सुनचादी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतियोगीताको स्पोन्सरमा सील्कन कम्पनी र लारी बेरी रहेका थिए ।
    पत्रकारितामार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत पत्रकारहरु शुक्रऋषि चौलागाई, कुरुणा शाह, सावीत्री गीरी, शिक्षाविद डा जनार्दन आचार्य, प्लाष्टिक सर्जन डा विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ सौन्दर्यविद राधा कुवर, सोनीया श्रेष्ठ, उर्मीला अग्रवाल लगायतलाई सम्मान गरिएको थियो । यस्तै छोटो समयमा सौन्दर्यकला व्यवसायमा ख्याती कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यसोदा खत्री, शर्मीला खत्री, विश्वपतीसिंह थारु, निर्मला मल्ल, सुशीला टमट्टा, रेखा नेपाली, टीका न्यौपाने, टीका भट्राई, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समिक्षा सिलवाल लगायत ३० जना सौन्दयकर्मीलाई पनि सम्मान गरिएको थियो ।
    प्रदेश सांसद मीना श्रेष्ठले सम्मान पत्र प्रदान गर्दै कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरतातर्फ डो¥याएको बताउनु भयो । प्रतियोगीतामा सहभागी व्यूटीसीयनले क्याटवाक गर्नुका साथै तीजको डे«समा नृत्य प्रस्तुत गरेका थिए । आयोजक गुड न्यू आइटीसी सञ्चालिका गीता भण्डारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सौन्दर्यविद सीता पाठक, गायक जय देवकोटा, शैलजा शाह, केपी घिमीरे, श्रंखला वस्नेत निर्णायकका रुपमा रहनु भएको थियो ।

  • २६ भाद्र २०८०, मंगलवार १६:११ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित