भदौ महिनाको कृष्ण अष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी पर्व मनाउँछन् । पर्वको अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ भीमको पूजा गर्ने चलन छ ।
गहुँको पीठो, चापलको पिठो र मासको दालबाट बनाइएका परिकार र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग व्रतालुले खाने चलन छ ।
उक्त परिकार दिदीबहिनीको घरमै पुर्याइदिने चलन छ । त्यसलाई अग्रासन भनिन्छ । अग्रासन दिएर र्फकने क्रममा दिदीबहिनीले दाजुभाइलाई मिठा परिकार खुवाउने र उपहार दिने गर्दछन् ।