मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे
  • मार्गरेखा संवाददाता

  • चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ ।

    नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँ) काे बिजुली निर्यात भएको हो ।

    साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीकाे प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि– एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र २ देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, बिजुली नपुगेका ठाउँमा बिजुली पुर्‍याउनका लागि विद्युतीकरणको काम पनि चलिरहेको छ’, घिसिङले भन्नुभयो, ‘खपत गरी बचत भएको बिजुली निर्यात गर्न २ देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

  • ४ आश्विन २०८०, बिहीबार १९:२२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित