नेपालगन्ज । नेपाल युवा उधमी मंचको १३ औं शाखा नेपालगन्जमा स्थापना भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह-निर्देशक डा.नितेश कुमार कनोडियाको अध्यक्षतामा नेपालगन्ज शाखा बिस्तार भएको हो ।
बाँके र बर्दिया क्षेत्र आसपासका युवा उधमी र उधमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शाखा स्थापना भएको डा.कनोडियाले जानकारी दिनुभयो ।
नेपालगन्ज शाखामा २७ जना सदस्य रहेका छन् । कार्यसमिति भने ११ सदस्यीय रहेको छ । लुम्बिनी प्रदेशमा रुपन्देहीपछि यो दोस्रो शाखा हो । यो भन्दा अघि नेपालमा १२ शाखा स्थापना भैसकेका छन् ।