मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँकेले आफना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ६ असोज । नेपाली काँग्रेस बाँकेले आफना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ । पालिका तथा वडा सभापतिहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम आज शनिबार नेपालगन्जमा गरिएको छ ।
    काँग्रेस बाँके प्रशिक्षण शाखाद्धारा आयोजित प्रशिक्षणमा बाँकेका ८ वटै पालिकाका सभापतिहरु, ८१ वटा वडाका सभापतिहरुलाई प्रशिक्षण दिइएको प्रशिक्षण शाखाका सचिव उमा थापा मगरले बताउनुभयो ।
    प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ताहरुको वैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीको प्रशिक्षण विभागले, प्रदेशभरिका पार्टीको विभिन्न संरचना माताहतका कार्यक्रताहरुलाई प्रशिक्षण गरि दक्ष कार्यक्रता तयार गर्ने भन्दै संगठनको सिद्धान्त, विचार नीतिका बारेमा हरेक कार्यक्रतालाई जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।
    काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्ला व्यापी रुपमा विस्तार गर्ने भन्दै अहिले वडा र गाउँपालिका नेतृत्व तहबाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताउनुभयो । उहाँले पार्टीको आधारभुत जानकारीसंगै स्थानीय वडास्तरमा सम्वन्ध विस्तार, समन्वयकारी भुमिका लगायतका बारेमा प्रशिक्षण गर्न जरुरी रहेको बताउनुभयो ।
    काँग्रेस बाँके उपसभापति एवम् जिल्ला प्रशिक्षण विभाग प्रमुख गोपाल प्रसाद अधिकारीले दक्ष कार्यकर्ता र जागरुकता प्रदान गर्न प्रशिक्षण आवश्यक भएको भन्दै जिल्लास्तरका सबै कार्यक्रताहरुलाई प्याकेजमा प्रशिक्षण दिने योजना रहेको बताउनुभयो । उहाँका अनुसार पार्टीका विभिन्न संरचनामा नेतृत्व गरिरहेका पदाधिकारीलाई प्रशिक्षित गरि विभिन्न निकायसंगको समन्वयकारी भुमिकालाई अझ बढी प्रभावकारी बनाउने बताउनुभयो ।
    संगठनको सिद्धान्त, संरचना, पालिका तथा वडा सभापतिहरुको काम कर्तव्य अधिकार, कार्यक्रताको व्यवहार तथा आचरण, पार्टीको संचालन, प्रक्रिया, योजना निमार्ण, बैठक सञ्चालन, सभा समारोहमा गरिने भाषण, तथा भुमिका लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
    प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, पत्रकार राकेश कुमार मिश्र, अधिवक्ता कपिल देव शर्मा, नेपाल तरुण दलका पुर्व महासचिव हुर्मत न्यौपाने, प्रशिक्षण शाखा सचिव उमा थापामगर, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले सहजीकरण गर्नुभएको थियो ।
    –––

  • ६ आश्विन २०८०, शनिबार १८:१८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित