मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अँध्यारो बस्तीकी नायिका’लाई कथा सम्मान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ६ असोज ।नवोदित कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह अँध्यारो बस्तीकी नायिका’लाई  ॅसनत रचना कथा सम्मान’ प्रदान गरिएको छ । वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र श्रीमतिको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित अँध्यारो बस्तीकी नायिका’लाई प्रदान गरेको हो । स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रदाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गरे । नगर १० हजार एक सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गरे । सम्मानित पुस्तकमाथि आफ्नो समीक्षकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेका र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राखे । उनले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने धारणा राखे । सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिनुले साहित्य लेखनीमा आफूलाई हौसला थपिएको बताइन् ।
    वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फउण्डेसनमा रहेको कोषबाट हरेकवर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताए । उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए । सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटीर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेल लिखित पुस्तक ॅनेपाली कथामा आन्चलिकता’को विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोलेका थिए ।

  • ६ आश्विन २०८०, शनिबार १९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित