मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गदै सेमिफाइनल
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ८ ।  साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ।

    सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो।

    नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो।

    १८औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए। त्यसपछि ३० औं मिनेटमा समिर तामाङले दोस्रो गोल गरे।

    ५८ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो। त्यस्तै नेपालका निरन्जन धामीले ८८ औं मिनेटमा गोल गरेका थिए।

    अतिरिक्त समयमा नेपालका समिर तामाङले अर्को गोल पनि गरेका हुन्।

    यस खेलमा माल्दिभ्सका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए। नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहमद इयान हसनले रातो कार्ड पाए।

    नेपालले यसअघि गत बिहीबार पाकिस्तानसँग खेलेको थियो। त्यस खेलमा पाकिस्तान १ गोलले पराजित भएको थियो।

    सोमबार साँझ साढे ५ बजे भारत र भुटानबीच खेल हुँदैछ। यो प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ।

    प्रतियोगिताको समूह ‘ए’मा  नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समुहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो।

    गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।

  • ८ आश्विन २०८०, सोमबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित