मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली एमालेमा मीनबहादुर र गुलाबजंगबीच प्रतिस्पर्धा
  • मार्गरेखा संवाददाता

  • sharethis sharing button

    वीरेन्द्रनगर : नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले बुधबारदेखि सुरु हुने प्रथम कर्णाली प्रदेश अधिवेशनको तयारी सबै पूरा भएको जनाएको हो।

    नेकपा एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य निरज आचार्य, प्रदेश प्रचार प्रसार समिति संयोजक सूर्यमणि गौतमसहितका नेताहरूको साथमा प्रदेश अध्यक्ष विनोद शाहले पार्टीको प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको बताए। आयोजकका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार नेपालगन्ज हुँदै सुर्खेत पुग्नेछन्। उनीसँग महासचिव शंकर पोखरेललगायतका नेताहरू पनि आउनेछन्।

    अधिवेशनमा १० जिल्लाका ६ सय ४ जना प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्य प्रदेश कार्यसमिति निर्वाचि गर्नेछ।

    प्रदेश अध्यक्षमा शाही र शाहबीच प्रतिस्पर्धा
    कर्णाली प्रदेशमा दर्जनौं नेताहरूले आकांक्षा राखे पनि कालिकोटका मीनबहादुर शाही र सल्यानका गुलाबजंग शाहबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ। एमाले स्रोतका अनुसार नेकपा एमालेका नेता यामलाल कंडेल समूहको तर्फबाट पार्टी पोलिटब्युरो सदस्यसमेत रहेका सल्यानका नेता शाह र नेता गोरखबहादुर बोगटी समूहको तर्फबाट पार्टी केन्द्रीय सदस्यसमेत रहेका कालिकोटका शाही अध्यक्षका प्रत्यासी छन्।

    उनीहरूले आन्तिरिकरूपमा पदाधिकारीदेखि सदस्यसम्म टिम निर्माण गर्ने कसरतमा लागिरहेका छन्। कर्णालीमा कंडेल र बोगटीको जुँगाको लडाइ चल्दै आएको छ। यी दुबै नेता महासचिव पोखरेल निकटकै मानिन्छन्। आफ्नै गुटबाट नेतृत्व ल्याउन दुबै पक्षका नेताहरू मैदानमा छन्। बोगटी टिमका डिजाइनकर्ताको भूमिकामा वर्तमान अध्यक्ष विनोदकुमार शाह छन्। लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेलबीच प्रतिस्पर्धा भए पनि कर्णालीमा पोखरेल गुटभित्र नै उपगुट जन्मेको हो। यहाँ पौडेलको टिम छैन। यद्यपि पछिल्लो समय बोगटी-शाह गुटमा युवा नेताहरू उभिएको स्रोतको दाबी छ।

    पाटी सचिव एवं कर्णाली प्रदेश ईन्चार्ज भट्टले सहमतिको प्रयास जारी रहेको बताए। उनले सकभर सहमतिमा नभए लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न हुने बताए। ‘कार्यकर्तामा निकै उत्साह छ। त्यसलाई थप बढाउनेगरी प्रदेश अधिवेशन सानदाररूपमा सम्पन्न हुनेछ,’ उनले भने। साभार अन्नपूर्ण  पाेष्ट डटकमबाट

  • ९ आश्विन २०८०, मंगलवार १७:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित