मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित
  • मार्गरेखा संवाददाता

  •  नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

    चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।

    २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो ।

    नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो ।

    यो खेलमा नेपालले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो ।

    ३४ बलमा शताब्दी रन हानेर कीर्तीमानी बनाएका मल्लले ५० बल खेल्दै १३७ रन बनाए भने ९ बलमा ५० रन हानेर कीर्तीमान बनाएका ऐरीले १० बल खेल्दै ५२ रन बनाए ।

    यस्तै नेपालका क्याप्टेन रोहित पौडेलले २७ बलमा ६१ रनको योगदान गरे । ओपनरद्वय कुसल भुर्तेलले १९ र आसफ शेखे १६ रन बनाए ।

    नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाका दभासुरेनले २ चौका मद्दतमा १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । तर, अतिरिक्तबाट मात्रै मंगोलियाले २३ रन पाएको थियो ।

    मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

    समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।

  • १० आश्विन २०८०, बुधबार ११:०१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित