मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशबाट फर्किएपछि मात्रै लुम्बिनीमा सरकारले पूर्णता पाउने
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशबाट फर्किएपछि मात्रै लुम्बिनीमा सरकारले पूर्णता पाउने भएको छ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न काठमाडौं पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री फर्किएपछिमात्र सरकारले पूर्णता पाउने बताएका हुन्।

    ‘शेरबहादुर दाइले प्रधानमन्त्री फर्केपछि मात्रै लुम्बिनी सरकारलाई पूर्णता दिनेबारे छलफल गरौंला भन्नुभएको छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘अब जे हुन्छ माथिबाटै हुन्छ।’

    कांग्रेसबाट क-कसलाई सरकारमा पठाउने भन्नेबारे आन्तरिक परामर्श जारी रहेको मुख्यमन्त्री चौधरीले बताए।

    ‘मन्त्रालयको संख्या बढाउने कि नबढाउने भन्ने कुराको टुंगो पनि दुई शीर्ष नेताहरूको निर्णयमा निर्भर छ,’ उनले भने, ‘मन्त्रालयको संख्या थपेपछि कांग्रेसमा थपिने मन्त्रीको नाम टुंगो लगाउन सहज होला।

    नेकपा (माओवादी केन्द्र) ले भने यसअघि नै बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्रीका रूपमा सिफारिस गरिसकेको उक्त पार्टीका संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए।

    त्यो निर्णय अब फेरबदल नहुने उनले बताए।

    मुख्यमन्त्री चौधरी असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने आन्तरिक गृहकार्यमा जुटेको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिएका थिए।

    यसअघि कांग्रेसले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भएको चर्चा हुँदै आएको छ। त्यसो गर्दा मन्त्रालयको संख्या बढाएर १२ वटासम्म पुर्‍याउनु पर्ने अवस्था आउने तिमिल्सिनाले बताए।

  • १२ आश्विन २०८०, शुक्रबार १६:०७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित