मुंगफली
प्रोटिन तथा एन्टीअक्सिडेन्ट्स आदि गुणहरुले भरपूर मुंगफली पनि स्वास्थ्य तथा दिमागका लागि एकदमै लाभदायक हुन्छ । मुंगफलीका साथसाथै तपाईं पिनट बटर पनि बच्चाहरूलाई खुवाउनहोस् ।
बेरिज
एन्टिअक्सिडेन्ट्स तथा कैयौं अन्य पोषक तत्त्वहरू पाइने बेरिजहरू पनि बच्चाको दिमागलाई तेज गर्न एकदमै असरदार हुन्छन् । यसलाई तपाईंले बच्चाहरूलाई स्न्याक्स तथा नास्ताको रूपमा खुवाउन सक्नुहुन्छ ।
दाल तथा गेडागुडी
प्रोटिन, भिटामिन तथा मिनरल्सले भरिपूर्ण दाल तथा गेडागुडीहरू पनि बच्चाहरूका लागि राम्रो मानिन्छ । यसले बच्चाको सम्पूर्ण शरीरको विकासमा सहयोग गर्छ । साथै दिमागका लागि पनि यो एकदमै राम्रो हुन्छ ।
रंगीबिरंगी तरकारी
विभिन्न रंगका तरकारीहरू पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । बच्चाहरूलाई विभिन्न परिकारहरू बनाएर तरकारीहरू पनि खुवाउनुहोस् । यसले उनीहरूको आँखासँगै दिमाग पनि तेजिलो हुँदै जान्छ ।
दुग्धजन्य पदार्थ
प्रोटिन तथा क्याल्सियमले भरिपूर्ण दूध दहीलगायत दुग्धजन्य पदार्थ पनि तपाईं आफ्नो बच्चालाई खुवाउन सक्नुहुन्छ । दैनिक रूपमा दूध दही आदिको सेवनले बच्चाको सम्पूर्ण शारीरिक तथा मानसिक विकासलाई जोड दिन्छ ।