मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिक्किममा बादल फाट्दा सेनाका २३ जवान बेपत्ता
  • मार्गरेखा संवाददाता

  • एजेन्सी । बादल पड्किएर आएको बाढीले सिक्किममा ठूलो क्षति पु¥याएको छ ।  बादल फुट्दा टिष्टा नदीमा बाढी आएको छ ।  यस बाढीमा सेनाका २३ जना सैनिक बेपत्ता भएको बताइएको छ ।  उत्तर सिक्किमको ल्होनाक तालमा बुधबार अचानक बादल पल्टिएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा बाढी आएको थियो।  उपत्यकाका केही सैनिक शिविर प्रभावित भएका छन् ।

    यस अवधिमा सेनाका २३ सैनिक बेपत्ता छन् ।  सैनिकको खोजी सुरु गरिएको छ ।  गुवाहाटीका डिफेन्स पीआरओले चुङ्थाङ बाँधबाट पानी छोडेपछि डाउनस्ट्रीममा पानीको सतह एकाएक १५ देखि २० फिटसम्म उचाइमा पुगेको बताए ।  जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका गाडी डुबानमा परेका छन् ।

  • १७ आश्विन २०८०, बुधबार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित